तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ११ वटा राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयो ।

आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई सूर्य, नेपाली काँग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंला सहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाललाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई हलो, राष्ट्रिय जनमोर्चालाई गिलास, नेपाल मजदुर किसान पार्टीलाई मादल, नेपाल संघीय समाजवादी पार्टीलाई बस, नेपाली जनता दललाई गोरु गाडाको चक्का पाङ्ग्रो र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीलाई ट्रयाक्टर चिह्न प्रदान गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यसैगरी आयोगले न्याय परिषद्को परामर्शमा ७ वटै प्रदेशमा मुख्य अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीशलाई सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button