तपाईँ सुन्दै हुनुहुन्छः

थ्रीस्टारले निकाल्यो पहिलो जित

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लवले पहिलो जित निकालेको छ । विभागीय टिम नेपाल पुलिस क्लवमा माथि एक शुन्यको कठिन जित निकाल्दै थ्रीस्टारले लिगमा पहिलो तीन अंक बटुल्यो ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले खेलको अन्तिममा गोल गर्दै पुलिसको चुनौती पन्छ्यायो । थ्रीस्टारले पुलिसलाइ दबाबमा भने राखेको थियो ।

८४ औं मिनेटमा थ्रीस्टारले गोल गर्न सफल भयो । सुशील राईले गोल गरे । जितपछि थ्रीस्टारको दुई खेलमा चार अंक भएको छ भने पुलिसको एक अंक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button