तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगलाई अंकुश लगाउने गरी सरकारले कुनै पनि कानुन नबाउने : मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई अंकुश लगाउने गरी सरकारले कुनै पनि कानुन नबाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री ढकालले लोकसेवा आयोगलाई नियन्त्रण गर्ने मनसाय सरकारको नभएको स्पष्ट पार्नुभयो ।

समितिको बैठकमा लोक सेवा आयोग सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको दफाबार छलफलमा सांसदहरुले कर्मचारी छनौट प्रक्रियालाई समयानुकुल र बैज्ञानिक बनाउने गरी लोकसेवा आयोगलाई आर्थिक स्वायत्तता दिइनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको परीक्षा सञ्चालनमा कानुनी रुपमा आर्थिक अंकुश नलगाइदिन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button