तपाईँ सुन्दै हुनुहुन्छः

ढुङ्गा खानीको स्काभेटरमा अज्ञात समुहद्वारा आगजनी

तनहुँ । ढुंगा उत्खनन गर्न तनहुँको व्यास–११ स्थित जंगल भित्र रहेको ढुंगा खानीमा रहेको एउटा स्काभेटरमा शनिबार राती अज्ञात समुहले आगजनी गरेको छ ।

व्यास– स्थित फराकचौरको ढुंगाखानीमा अज्ञात समुहले शनिबार राती आगजनी गरेर एउटा स्काभेटरमा क्षेति पुर्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ढुंगा उत्खननका लागि सञ्चालन गरिएको ग १ क ३४४१ नम्बरको स्काभेटरमा रातीको समयमा भएको आगजनीबाट पूर्ण रुपमा क्षेति भएको छ ।

आगजनी कसले र किन गराईएको हो भन्ने कारण खुल्न नसकेपनि घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले बताउनुभयो ।

सिंह भैरव निर्माण सेवाको स्काभेटर अज्ञात समुहले आगजनी गरेको हो । स्काभेटरका संचालक राजेन्द्र कार्कीले भन्नुभयो उक्त आगजनी भएको स्थानमा सलाई मात्रै भेटियो अरु केही थिएन ।

‘ढुंगाखानिमा ५/७ दिन अगाडी मात्रै हाम्रो मेसिन गाएको थियो ।’ संचालक कार्कीले भन्नुभयो ’तर शनिबार राति यस्तो भएछ ।’ उहाँले भन्नुभयो ’दैनिक काम सकेपछि मेसिन तल ल्याएर राखिन्थ्यो ।’ कार्कीले भन्नुभयो ’तर शनिबार राती पुरै आगलागी गराएछन ।’

उक्त घटनामा करिब ७०/७५ लाखको क्षेति भएको कार्कीले बताउनुभयो । ’व्यतिगत रिसिबी साध्नको लागि स्काभेटर जलाईएछ ।’ सञ्चालक कार्कीले भन्नुभयो ।

खानीस्थल एकान्त जंगलमा रहेको र नजिकै कुनै बस्तीसमेत नभएकाले घटना निकै रहस्यमय रहेको पनि प्रहरीले जनाएको छ । रातीको समय पारेर अज्ञात समुहले स्काभेटरमा आगजनी गरेपनि आगलागीको खबर आइतबार बिहान मात्रै थाहा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button