तपाईँ सुन्दै हुनुहुन्छः

गुण्डागर्दीमा संलग्न दुईजना पक्राउ

काठमाडौँ-महानगरीय अपराध नियन्त्रण महाशाखाले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुले काठमाडौँ उपत्यकामा सर्बसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काइ रकम माग गर्ने र नदिएमा हातहतियार देखाइ ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए । उनीहरु विरुद्ध उजुरीसमेत परेको जनाइएको छ । आइतबार पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button