तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने

चितवन । प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० गतेदेखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो ।

हात्ती महोत्सवको समय यसवर्ष चार दिन थप गर्नुका साथै यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुङ्गा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो ।

चितवनमा भ्रमण वर्ष २०२० मा चार लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ सौराहामा रात्रिकालीन जिप सफारी, फुड फेस्टिबल लगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button