तपाईँ सुन्दै हुनुहुन्छः

सडक सुरक्षा परिषदको स्थापना गर्नुपर्नेमा सांसदहरुले जोड

काठमाडौँ । सडक सुरक्षाका सम्बन्धमा काम गर्ने गरी अधिकार सम्पन्न सडक सुरक्षा परिषदको स्थापना गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

प्रतिनिधिसभा, बिकास तथा प्रविधि समितिको बढ्दो सवारी दुर्घटनाका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरु गणेश पहाडी, रंगमति शाही, प्रभु साहलगायतले सडक दुर्घटनाको सबै पक्षमा अनुसन्धान र नियमन गर्ने गरी अधिकारसम्म छुट्टै सडक सुरक्षा परिषदको स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुले सवारी चालक अनुमतिपत्र वितरणमा हुने अनियमितता, क्षमता भन्दा बढि यात्रु बोक्ने प्रवृती, साँघुरो र मनलाग्दी ढंगबाट खनेका बाटोका कारण दुर्घटना बढेको भन्दै यस किसिमका गलत प्रवृतिको अन्त्य गर्न आवश्यक कानुन निमार्ण र कार्यान्वयनको पाटो बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा सडग बिभागका महानिर्देशक केशब कुमार शर्माले सडक दुर्घटना न्यूनिकरणका लागि बिभागले डबल लेन सडग निमार्ण, सडकको सुरक्षा तथा अनुगमन र सडगमर्मतको कार्य नियमित रुपमा गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button