तपाईँ सुन्दै हुनुहुन्छः

टिमुरले बजार नपाउदा सल्यानका किसानहरु समस्या

सल्यान । टिमुरले मुल्य नपाएपछि व्यवसायिक टिमुर खेती गर्दै आइरहेका सल्यानका किसानहरु समस्या परेका छन् । टिमुरले उचित मुल्य नपाँउदा किसानहरु घर र गोदामै थन्काएर राख्न बाध्य भएका हुन ।

टिमुरको उत्पादन बढे पनि मुल्य भने नपाएको बनगाड कुपिन्डे नगरपालिका ९ शेराका पुर्ण बहादुर बुढाले बताए । आफुसँग यो वर्ष १० क्विन्टल टिमुर भएपनि मुल्य नपाउँदा गोदामै थन्किएको उनले बताए ।

गत साल एक किलोको नौ सय ८० रुपैयामा बिक्रि गरेका जयतपानीका खिलक बुढाथोकीले यस बर्ष मुल्य नपाउदा चार सय ५० रुपैया किलोमा बिक्र गर्न बाध्य बताए । अन्य कृषिलाई त्यागेर व्यवसायिक टिमुर खेतीमा लागेका किसानहरु यो वर्ष ठुलो मारमा परेको उनको भनाई छ ।

भारतको भर पर्दा र खरीद गर्नेे व्यापारीहरुले टिमुरमा मिसावट गर्दा टिमुरको मुल्य घटेको उद्योगीहरुको भनाई रहेको छ । भारतले जडिबुटी निकासीलाई सहजता नदिनु र मुल्य निर्धारण नहुदाँ टिमुरको मुल्य घटेको सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष विर बहादुर चलाउनेले बताए ।

सल्यानमा चार लाख केजी भन्दा बढी टिमुर उत्पादन हुदै आईरहेको छ । ८० प्रतिशत जिल्ला बाहिर निकासी र २० प्रतिशत जिल्लामै टिमुर उद्योगमा खपत हुने गरेको छ । जिल्लामा वार्षिक ३५ देखि ४० करोडसम्मको रकम टिमुरबाट मात्रै भित्रिने गरेकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button