तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यक्रम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते मनोनयन गर्ने गरी आयोगले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

निर्वाचनका लागि मतदाता नामावली प्रकाशन र प्रकाशित नामावली उपर दाबी विरोधको उजुरी पुस १७ गते, उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशन पुस १९ गते, उम्मेदवारी दर्ता र नामावली प्रकाशन २० गते हुने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उम्मेदवारको विरोधमा सूचना दिने पुस २१ गते, मनोनयनपत्र उजुरी उपर जाँचबुझ गरी निर्णय लिने २२ गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २३ गते, उम्मेद्वारको नाम फिर्ता लिने २४ गते, अन्तिम नामावली प्रकाशन पुस २५ गते र मतदान माघ ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाका ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सम्म भएकाले सरकारले माघ ९ गते निर्वाचनको मिति तय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button