तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको स्थायी कमिटी बैठक शुरु

Image may contain: 7 people, people smiling, people sitting

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटिको बैठक आज दोस्रो दिन पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

दोस्रो दिन आज विहान ११ः०० बजेदेखि सुरु स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रस्तुत गर्नुभएको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा समेटिएका विषयहरु, अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारको सामान्य समीक्षा, उपचुनावको समीक्षा लगायत आगामी कार्ययोजनामा छलफल भइरहेको छ ।

बैठकमा ‘पार्टी एकतापछिका बाँकी काम, पार्टीको आधिकारिक र व्यवस्थित प्रकाशन, प्रचार प्रशिक्षण, पार्टी अनुशासन लगायत सरकारका काम कारबाहीका विषयमा पनि छलफल भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button