२०७९ साल साउन २९ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी वायुको प्रभावले उपत्यकालगायत देशभर चिसो बढ्यो

रेडियो नेपाल २०७६ मंसिर ३० गते १०:३९

काठमाडाैं। पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाडीसहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।

उनका अनुसार सो वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेकोे छ ।

बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने महाशाखाले जनाएको छ ।

सम्बन्धित