तपाईँ सुन्दै हुनुहुन्छः

अपडेटः सिन्धुपाल्चोक दुर्घटनामा मृतकको संख्या १४ पुग्यो

दोलखा । दोलखाको कालिञ्चोकबाट काठमाडौं फर्कदैगरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गापा वडानम्बर ७ को ६ किलोमा दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ ।

मृतक मध्य दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ का जुनु तमाङको सनाखत भएको छ ।अन्यको सनाखत हुन सकेको छैन ।

यसअघि १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा थप २ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेहरुमा ८ जना महिला, ३ जना पुरुष, एकजना बालिका र दुईजना बालक रहेका छन् ।

दुर्घटनामा १८ जना घाईते भएको र उनीहरूको काठमाडौं र सिन्धुपाल्चोकको सदावहार अस्पताल खाडीचौरमा उपचार भैरहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले बताउनु भयो ।

घाईते मध्य ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक धेरै सिन्धुपाल्चोककै रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button