तपाईँ सुन्दै हुनुहुन्छः

हान ले चीनको चेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने

काठमाडौं । होटल एसोशियन अफ नेपाल (हान)ले चीनको चेन्दुमा नेपाल प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ ।

भ्रमण वर्ष २०२० लाई मध्यनजर हानले नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय र चीनस्थित नेपाली दूतावासको सहकार्यमा डिसेम्बर १६ देखी २० सम्म कार्यक्रम आयोजना गर्ने भएको हो ।

कार्यक्रमका लागि हानकी अध्यक्ष सृजना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल डिसेम्बर १६ मा चीनको चेन्दु जादैछ ।

चीनका राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण पश्चात चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुने र यस कार्यक्रमबाट अझ यसलाई व्यापक बनाउन सकिने उद्देश्यका साथ त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरहरु सँग नेपाली होटलहरुको बीटूबी मिटिङ तथा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने होटल एसोशियन अफ नेपाल (हान) ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button