तपाईँ सुन्दै हुनुहुन्छः

लगातार घट्दै विदेशी मुद्राको भाउ, आज कतिमा झर्यो ? (सूचीसहित)

काठमाडौं । नेपाली बजारमा साताको पान्चैन दिन आज (बिहीबार) पनि बिदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४९ रुपैयाँ ४५ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-

प्रतिक्रिया राख्नुहोस्

Back to top button