तपाईँ सुन्दै हुनुहुन्छः

ओरालो लाग्दै सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन घट्दै गइरहेको छ ।आज मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भैरहेको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । आज प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घट्दै ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button