तपाईँ सुन्दै हुनुहुन्छः

जैविक कृषि गाउँपालिका बनाउन महोत्सव

रत्ननगर । पवित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जनाएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् ।

गाउँपालिकालाई आगामी तीन वर्षभित्र अग्र्यानिक कृषि नमूना गाउँपालिका बनाउने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । जिल्लाको दक्षिणी भेगमा पर्ने उक्त गाउँपालिकामा यही मङ्सिर २६, २७ र २८ गतेसम्म पहिलोपटक कृषि महोत्सव गरिन लागेको हो । महोत्सवमा ५० बढी कक्ष रहने आयोजकले जनाएको छ । महोत्वमा दैनिक कृषिजन्य उत्पादनको प्रतियोगितात्मक कार्यक्रम रहने संयोजक पूर्णचन्द्र अधिकारीले बताउनुभयो ।

कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्न देवघाट गाउँपालिकाले अग्र्यानिक फलफूल, दलहन, तरकारी, मसलाजन्य वस्तुलगायतका सामान बिक्री वितरण पनि महोत्सवमा हुनेछ । महोत्सवमा स्थानीय जातजातिका वेषभूषासहितका सांस्कृतिक कार्यक्रममार्फत अवलोकनकर्तालाई आकर्षित गर्ने आयोजकको तयारी छ । प्राङ्गारिक कृषि खाद्य प्रदर्शनी, स्थानीय खानाका परिकार, स्थानीय माछाको प्रदर्शनी, कृषि तथा पशु प्रदर्शनी, रोटेपिङ, कृषि वृत्तचित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, कृषक र विज्ञबीचको संवाद र दोहोरी प्रतियोगिता महोत्सवको मुख्य आर्कषण बन्ने आयोजकको विश्वास छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button