तपाईँ सुन्दै हुनुहुन्छः

साग:आज १३ खेल हुँदै, महिला फुटबलको फाइनलका लागि नेपाल र भारत भिड्ने

काठमाडौँ । १३औैं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ ।

महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् । कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् । बास्केटबलमा आज सेमिफाइनलको खेल हुँदै छ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button