तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनमा बदर मत न्यूनः निर्वाचन आयोग

हालै सम्पन्न उपनिर्वाचनमा विगतका निर्वाचनको तुलनामा बदर मत संख्या र प्रतिशत न्यून रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमूना मतपत्र, जानकारीमूलक पोष्टर, मतदाता शिक्षा कार्यकर्ता मार्पmत सञ्चालन गरिएको घरदैलो कार्यक्रमको प्रभावकारीताका साथै विभिन्न सञ्चार माध्यमबाट प्रेषित सूचना, सन्देशका कारण बदर मत संख्या न्यून भएको आयोगको ठम्याई रहेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा बदर मत कममा ०.७० प्रतिशतदेखि बढीमा २.०८ प्रतिशतसम्म रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उप निर्वाचनमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले प्रयोग गरेको प्रचार प्रसारका सामग्रीहरू ब्यानर, तुल, राजनीतिक दलका झण्डा, पर्चा आदि हटाई वातावरण स्वच्छ र सफा राख्ने कार्यमा सहयोग गर्न आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button