तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल इन्जिनियरिङ परिषद् २१ सस्यीय बनाउने सहमति

काठमाडौँ । प्रतिनिधि सभा विधानयन व्यवस्थापन समितिमा नेपाल इन्जिनियरिङ परिषद्का सदस्यहरु २१ जना बनाउने विषयमा सहमति भएको छ ।

समितिमा नेपाल इन्जिनियरिङ परिषद्को पहिलो संशोधन विधेयकमाथि आज भएको छलफलमा सरकारले प्रस्ताव गरेको १८ जनाको परिषदलाई बढाएर २१ जना पु¥याउने सहमति भएको हो ।

छलफलमा सरकारले सिफारिस गर्ने पदाधिकारीको संख्या सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी ७ जना पु¥याउने र परिषद्मा समावेशी सहभागिताको शुनिश्चित गर्ने विषयमा सहमति भएको छ ।

यस्तै परिषदको सदस्यमा त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना सदस्य अनिवार्य हुने व्यवस्था हटाएर जुनसुकै विद्यायहरु मध्यको इन्जिनियरिङ अध्ययन संस्थानबाट एक जना सदस्य रहने व्यवस्थामा पनि समतिमिमा सहमति भएकोे छ ।

समितिले विधेयकमा परेको संशोधन र मिल्न बाँकी विषयहरुमा सम्बद्ध पक्षहरुसँग छलफल गरेर टुङ्गो लगाउने निर्णय पनि गरेको छ ।

विधेयकमाथि १४ जना सांसदहरुले समुह र एकल गरेर ४८ वटा सिंशोधन हाल्नु भएकोछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button