तपाईँ सुन्दै हुनुहुन्छः

सागको इतिहासमै यस पटक नेपाललाई सबैभन्दा धेरै स्वर्ण

 

 काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।

Image may contain: 3 people

उनले १९ दशमलव ३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९ दशमलव १२ अंकका साथ रजत पदक जितेका छन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ । अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू जारी छन् । सागमा अहिलेसम्म सबैभन्दा धेरै स्वर्ण नेपालले हात पारेको छ ।

Image may contain: 12 people, people smiling, people standing

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button