तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिका लागि नियमावली ल्याइने

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालद्वारा २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसर आज काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले मन्त्रालयले अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय अपांगता दिवसका आवसरमा ‘अपांगता संरक्षण नेपाल’ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले अपांगता भएका व्यक्तिहरुका लागि नीति, नियम र कानुन निर्माण गर्दा अपांगता भएका व्यक्तिहरुको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button