तपाईँ सुन्दै हुनुहुन्छः

१५ स्वर्णसहित अहिलेसम्म नेपाल पहिलो स्थानमा, कूल मेडल २४ (सूचीसहित)

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको टुंगो लाग्दा नेपाल शीर्ष स्थानमा छ । १५ स्वर्णसहित नेपाल शीर्ष स्थानमा रहेको हो । नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको हो । यस्तै, भारत र श्रीलंका समान ३–३ स्वर्ण जित्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । पाकिस्तान २ स्वर्णसहित चौथो स्थानमा रहँदा बंगलादेश एक स्वर्ण जित्दै पाँचौ स्थानमा छ । प्रतियोगितामा भुटानले एक कास्य पदक जितेको छ भने माल्दिभ्सले खाता खोल्नै सकेको छैन ।
पहिलो स्वर्ण विजेता मण्डेकाजी श्रेष्ठ
  • स्वर्ण विजेता (कराते) 
एकल काता– मण्डेकाजी श्रेष्ठ
टिम काता महिला– निर्मला तामाङ, संगीता मगर, सरु कार्की
टिम काता पुरुष– मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर
५५ केजी– लक्ष्मण तामाङ
८४ केजीमाथि– विप्लवलाल श्रेष्ठ
४५ केजीमुनी– कुसुम खड्का
५० केजीमुनी– अनु अधिकारी
  • स्वर्ण विजेता (तेक्वान्दो) 
पुम्से (२३–२९ वर्ष)– कमल श्रेष्ठ
पुम्से (१७–२३ वर्ष)– सिना मादेन लिम्बू
पुम्से (२३–२९ वर्ष)– पार्वती गुरुङ
पुम्से (२९ वर्षमाथि)– आयसा शाक्य
पुम्से (२९ वर्षमाथि)– आयसा शाक्य र सञ्जितकुमार पाण्डे
पुम्से महिला टिम (१७–२३ वर्ष)– निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
पुम्से महिला टिम (२३–२९ वर्ष)– नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई
  • स्वर्ण विजेता (ट्रायथलन)
सोनी गुरुङ
  • रजत विजेता
कराते (एकल काता)– चञ्चला दनुवार
कराते (८४ केजीमुनि)– दिवस श्रेष्ठ
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
  • कांस्य पदक
तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– अस्मिन राउत र सिना मादेन लिम्बू
तेक्वान्दो पुम्से (२३–२९ वर्ष)– जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलन– वसन्त थारू

प्रतिक्रिया राख्नुहोस्

Back to top button