तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा मतदान जारी, ४ बजेसम्ममा ५५ प्रतिशत मत खस्यो

जनकपुरधाम । महोत्तरीमा रिक्त रहेको एक गाउँपालिका अध्यक्ष तथा ३ वडाध्यक्ष पदका लागि शान्ति पूर्ण रुपमा मतदान भईरहेको छ ।

महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, बलबा नगरपालिकाको वडा नं. २ र ८ मा वडाध्यक्ष र मटिहानी नगरपालिकामा वडा नं. ६ वडाध्यक्ष पदकै लागि मतदान २० मिनट ढिलो गरी सुरु भएको छ । हालसम्म पिपरामा ५५ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिनुभयो ।

पीपरा गाउँपालिकामा अध्यक्ष पद लागि विभिन्न दलबाट ११ र स्वतन्त्र ९ जना गरी जम्मा २० जना उम्मेदावारहरु चुनावी मैदानमा रहेका छन् । पिपरा गाउँपालिकामा मतदान स्थल १५ र मतदान केन्द्र २४ वटा तोकिएको छ भने १८ हजार पाँच सय ८० मतदाता रहेका छन् ।

बलबा नगरपालिकाको वडा नं. २ र ८ मा ३ मतदान स्थल र ४ वटा मतदान केन्द्र र मटिहानी नगरपालिकाको वडा नं. ६ मा एक वटा मतदान केन्द्र राखिएको छ ।

मतदान गर्न स्थानीयहरु बिहानैदेखि मतदान स्थलहरुमा लामवद्ध भएपनि बढी भिड दिउँसोबाट भएको थियो । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान हुने स्थलहरुको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

मतदान केन्द्रहरुमा प्रवेश गर्ने ठाउँमा नै शरिरको खानतलासी गरेर मात्र मतदान केन्द्रमा प्रवेश गर्न दिईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button