तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा मतदान जारी, ६१ प्रतिशत मत खस्यो

सल्यान । सल्यानको कुमाख गाउँपालिका ५ को वडाअध्यक्षको उपचुनावमा ६१ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ ।

अपराह्न चार बजेसम्म सरस्वती माध्यमिक विद्यालय झारकाँडा (क) र (ख) केन्द्रमा भईरहेको मतदानमा एक हजार एक सय १३ मत खसेको हो । (क) केन्द्रबाट महिला तीन सय १२ र पुरुष दुई सय ७८ मतदान खसेको छ भने (ख) केन्द्रबाट दुई सय ८४ महिला र दुई सय ३९ पुरुषको मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरीबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

अहिलेसम्म चुनाव शान्तिपूर्ण भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । एक हजार आड सय ३९ मतदाता रहेको वडामा अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

२०७४ मा भएको स्थानीय तहको चुनावमा तत्कालिन माओवादीका हरी प्रकाश बुढाथोकी भारी मतले विजयी भएका थिए । यसैबीच मुख्य निर्वाचनको कार्यालय रागेचौरले मतगणना आजबाटै हुने जनाएको छ । आज बेलुका ६ बजेबाट मतगणना हुने गरी सम्पूर्ण तयारी गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button