तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा प्रमको स्वास्थ्यावस्थाबारे जानकारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यावस्थाबारे हिजो विहिवार साँझ जानकारी लिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली उपचाररत महाराजगञ्जस्थित त्रिवि, चिकित्सकशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिनुभएको हो । राष्ट्रपतिले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुशी व्यक्त गर्दै उहाँको स्वास्थ्यलाभको कामना पनि गर्नुभएको थियो । राष्ट्रपति भण्डारी प्रधानमन्त्रीलाई भेट्न विहिवार साँझ ७ः४० बजे पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपाका नेता जनार्दन शर्मा तथा राप्रपा, समाजवादी पार्टीलगायत दलका नेताहरु पनि अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button