तपाईँ सुन्दै हुनुहुन्छः

हस्तकलाका सामग्रीको उत्पादन र निर्यात प्रबद्र्धनमा सरकार प्रतिवद्ध : मन्त्री खतिवडा

फाइल तस्बिर

काठमाडौँ – अर्थमन्त्री डा.यूवराज खतिवडाले साना तथा घरेलु उद्योग सञ्चालनका लागि पुंजिको अभाव हुन नदिने बताउनु भएको छ ।

नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औं हस्तकला ब्यापार मेलाको आज काठमाडौंमा उद्घाटन गर्नुहुंदै मन्त्री खतिवडाले हस्तकलाका सामग्रीको उत्पादन र निर्यात प्रबद्र्धनमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री खतिवडाले हस्तकला तुलनात्मक लाभको क्षेत्र भएकोले व्यावसायीलाई आवश्यकता अनुसार ऋण ,अनुदान र कर छुट दिन सरकार तयार रहेको बताउनुभयो ।

काठमाडौं महानगर पालिकाका उपप्रमुख हरिप्रभा खड्गीले हस्तकलाको विकास र प्रवद्र्धनका लागि महानगर सधै तत्पर रहेको उल्लेख गर्नुभयो ।

मेलाका संयोजक धर्मराज शाक्यले हस्तकलाको उत्पादन, डिजाईन, बस्तु विकास र विविधिकरणमा सहयोग पुर्याउनु मेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

पाँच दिन सम्म चल्ने मेलामा नेपाल, भारत, श्रिलंका, बंगलादेश गरी स्वदेशि र विदेशि मुलुकका २०० भन्दा बढि स्टलहरु रहेका छन ।

मेलाको उद्घाटन शत्रमा हस्तकलाको निकासीमा महत्वपूर्ण भुमिका खेल्ने व्यावसायीलाई दोसल्ला, प्रमाण पत्र र मेडलले सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button