तपाईँ सुन्दै हुनुहुन्छः

टुटल, पठाओ, सरर र निजी कारलाई कारवाही गर्नुपर्ने माग


काठमाडौं । अखिल नेपाल यातायात मजदुर सङ्घ ट्याक्सी विशेष जिल्ला समितिले टुटल, पठाओ, सरर र निजी कारले यात्रुलाई अवैध तरिकाले ओसारपसार गरिरहेकाले उनीहरुलाई कारवाही गर्न माग गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दुर्गा श्रेष्ठले सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको बताउँदै उनीहरुलाई कारवाही गरी विधि र कानूनी शासनलाई स्थापित गर्नुपर्ने बताउनुभयो । अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशीलाई सेवा दिन कठिन रहेकाले सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्न पनि आग्रह गर्नुुभयो ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रीय महासचिव पूर्ण तामाङले निजी प्रयोजनका सवारी साधनमा यात्रुको बीमा नहुने र राज्यलाई कर छली हुने हुँदा यात्रु ओसारपसारमा संलग्न त्यस्ता सवारीसाधनलाई प्रतिबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button