तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई पर्यटनसम्बन्धी अन्तराष्ट्रिय पुरस्कार

भुवनप्रसाद आचार्य । नेपालले पर्यटन सम्बन्धी अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । नेपालले एशियाको उत्कृष्ठ ५ मुलुकहरुको पर्वतीय पर्यटन सम्बन्धी प्रस्पिर्धामा अन्य मुलुकहरुलाई पछि पार्दै एशियाको उत्कृष्ट पर्वतीय पर्यटन मुलुकको रुपमा पुरस्कृत भएको हो ।

मलेशियाको द टप टेन अफ एशिया नामक अंगे्रजी पत्रिकाको प्रकाशन संस्था एच आए ए मिडियाद्धारा आयोजित “टप एशिया करपोरेट वल २०१९” प्रतिस्पर्धामा विभिन्न एशियाली मुलुकहरुको अनुसन्धान र सर्वेको आधारमा नेपाल उत्कृष्ट भएको हो ।

नेपालको पुरस्कार मेलेशियका लागि नेपाली राजदुन उदयराज पाण्डेलाई त्यहाँका संस्कृति पर्यटन उप मन्त्री वाइ वी तुवान महममद भक्तर विनवान चिकले मलेशिको क्वालालाम्पुरमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भयो ।

समारेहमा मलेशियाका मन्त्रीहरु, राजपरिवारका सदस्यहरु, विभिन्न प्रख्यात कम्पनीका प्रमुखहरु तथा मलेशियाका व्यापारी तथा उद्योगीहरुको सहभागिता रहेको क्वालालम्पुर स्थित नेपाली दुतावासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button