तपाईँ सुन्दै हुनुहुन्छः

अछामको वैद्यनाथ धाममा सवा करोड दिप प्रज्वलन

अछाम । अछामको वैद्यनाथ धाममा  सवा करोड दिप प्रज्वलन गरिने गरिएको छ। ‘पिण्डेश्वर शिवलक्ष्मी धामले वैद्यनाथधाम परिसरमा छैठौं पिण्डेश्वर शिव साधनाको आयोजना गरी सवा करोड दिप प्रज्वलन तथा महारुद्री अनुष्ठान गरिएको श्री मदन बाबा भक्ति केन्द्र काठमाडौँका  अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले जानकारी दिनुभयाे ।

वैद्यनाथ धाम नेपालका प्रसिद्द चार धाम पशुपती  क्षेत्र, बराह क्षेत्र र मुक्तिनाथ मध्येको एक हो। साफेबगर नगरपालिकास्थित बुढी गंगाको किनारमा रहेको धाम परिसरमा मंसिर ९ देखि १३ गतेसम्म आयोजना भएकाे शिव साधनामा देशभरीबाट करिब दुई हजार बढी श्रदालु भक्तजनहरुको सहभागिता रहेकाे छ ।

बैधनाथ धाममा आयोजना गरेको छैठो शिव साधनामा बोल्दै पुर्व उपप्रधानमन्त्री एबं नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) स्थायी कमिटी सदस्य भीम रावलले धर्म र संस्कृति  हरेक नागरिकको जीवन पद्धति संग जोडिएकोले आ-आफ्नो धर्म संस्कृतिको संरक्षणमा लाग्ने कुरामा जोड दिनुभयो ।

कला संस्कृति धर्मको संरक्षण बिकास गर्न हरेक नागरिक स्वतन्त्र भएकोले अछामको पबित्र भुमि बैधनाथ धाममा साधना संचालन गरेकोमा मदन बाबा भक्ति केन्द्रलाई अछाम बासिको तर्फबाट धन्यवाद दिनु हुदै नेता रावलले आफुले प्राप्त गरेको शक्तिको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।

हाम्रो धर्म कला संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने भएको बताउदै नेता रावलले यस्को प्रचार प्रसार गर्नु पर्ने बताउनुभयो । छैटौं शिव साधना  भक्ति भजन संगित सत्संगमा मदन बाबाले जीवन, जगत, धर्म, संस्कृतिका बारेमा प्रवचन दिई राख्नु भएको छ ।

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लामा पहिलो पटक एकै साथ पबित्र भूमि बैधनाथ धाममा सवा करोड दीप प्रज्वलन गरेको बताउदै बाबा मदन गुरुले देश जनता र शान्तिका लागि साधना संन्चालन गरेको बताउनुभयो ।

प्रबचन दिदै बाबा मदन गुरुले मानव जिवनमा हरेक व्यक्तिलाई  एकपटक शक्ति प्राप्त हुने भएकोले आफुले प्राप्त गरेको शक्तिको दुरुपयोग नगरी मानव कल्याणमा लाग्नु पर्ने बताउनुभयो ।

बैधनाथ धाममा संचालन भइरहेको  शिव साधनामा सुदुरपश्चिम प्रदेश सभाका सदस्य गोबिन्दबहादुर कुवर जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुवर प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, अछामका प्रहरी प्रमुख जनकबहादुर शाही, नेकपाका नेता दयालबहादुर शाही दिपक साउद स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button