तपाईँ सुन्दै हुनुहुन्छः

साग महिला फुटबलः नेपालको पहिलो खेल श्रीलंकासँग

दक्षिण एशियाली खेलकुद सागमा महिलातर्फ नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । यस्तै पुरुषमा पहिलो प्रतिद्धन्द्धी बंगलादेश भएको छ ।

महिला तर्फ नेपाल दोस्रो स्थानमा परेको छ भने भारत पहिलो स्थानमा रहन सफल भयो । तेस्रो स्थानमा श्रीलंका रह्यो र चौथो स्थानमा माल्दिभ्स रहेको थियो । जसमा नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्नेछ । यता भारतले माल्दिभ्ससँग खेल्नेछ ।

प्रतियोगितामा चार टिममात्र सहभागी रहेकाले राउण्डरोविनको आधारमा प्रतियोगिता हुनेछ । जसमा अंकका आधारमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन ।

महिला फुटबल डिसेम्बर तीन तारिखदेखि हुनेछ । जसमा नेपालले पहिलो दिन अर्थात डिसेम्बर तीन तारिखमा श्रीलंकासँग, डिसेम्बर पाँच तारिखमा माल्दिभ्ससँग, सात तारिखमा भारतसँग खेल्नेछ । महिलाको खेल अहिलेसम्म पोखरा रंगशालामा हुने बताइएको छ ।

यता पुरुषमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । ए मा रहेको नेपालको समुहमा बंगलादेश र भुटान रहेका छन । यस्तै भारत समुह बी मा परेको छ । यो समुहमा माल्दिभ्स र श्रीलंका रहेका छन ।

जसमा पहिलो खेल बंगलादेशसँग रहेको छ भने दोस्रो खेल भुटानसँग हुनेछ । पुरुष फुटबल प्रतियोगिता डिसेम्बर एक तारिखदेखि सुरु हुदैछ । नेपालले पहिलो खेल डिसेम्बर एकमा खेल्नेछ भने दोस्रो खेल डिसेम्बर पाँच तारिखमा हुनेछ ।

खेलको समय भने अझै तोकिएको छैन । किनकी रंगशालाको अवस्था अझै एकिन नभइसकेकाले खेल समय भने बाँकी राखिएको छ ।

आयोजकको नाताले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले थप्न पाउने दुई खेलमा प्याराग्लाइडिङ र क्रिकेट थपिएको थियो तर, अन्ततः साग सुरु हुन दुई साता पनि बाँकी नरहेको अवस्थामा अब प्याराग्लाडिङ इभेन्ट नै हटाइएको छ ।

२७ खेलबाट अब सागमा २६ खेल मात्र हुने भएको छ । नेपालले सबैभन्दा बढी पदक जित्ने सम्भावता रहेको प्याराग्लाडिङ अन्ततः नहुने भएको छ । नेपाल र पाकिस्तानले मात्र खेलाडीको नाम दर्ता गराएपछि सहभागी राष्ट्रको संख्या नपुग्दा प्याराग्लाइडिङ स्वतः हटेको छ ।

प्याराग्लाइडिङ नेपालले पदक जित्ने सम्भावना भएको खेल भन्ने गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रमाणित भइसकेको थियो । जहाँ एसियाली खेलकुदमै पदकविहीन हुने सम्भावना रहेको नेपाललाई प्याराग्लाइडिङको क्रस कन्ट्रीमा रजत पदक जिताउँदै खाली हात फर्कनबाट जोगाएको थियो ।

नेपालले रजत पदक जितेको त्यो दोस्रो थियो । समूहगत खेलमा त त्यो पहिलो र अहिलेसम्मकै दोस्रो रजत पदक थियो ।

त्यसअघि सन् १९९८ बैंकक एसियाडमा तेक्वान्दोकी सबिता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

सरकारको लगानी विना पनि प्याराग्लाइडिङले दिलाएको सफलताले स्वभाविक रुपमा सबैलाई उत्साहित त बनाउने नै थियो तर खेल नै नहुने भएपछि नेपालाई पदकमा ठुलो घाटा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button