तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं सागः शुक्रबारदेखि टर्च र्याली शुरु हुँदै

मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि शुक्रबारदेखि टर्च र्याली शुरु हुँदै छ ।

काठमाडौंबाट देशका विभिन्न भागमा ओलम्पिक टर्च पुर्याउने र मंसिर १५ गते उद्घाटनस्थल दशरथ रंगशाला ल्याइ पुर्याइने छ । टर्च र्याली शुक्रबार राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुहनेछ ।

पहिलो दिन काठमाडौंबाट विराटनगर टर्च र्याली पुर्याइने छ । दोस्रो दिन विराटनगरबाट धनुषा पुर्याइने छ । तेस्रो दिन हेटौडाहुँदा चितवन पुग्ने छ । यस्तै चौथो दिन लुम्बिनी हुँदै बुटवल पुग्ने जनाइएको छ । पाँचौं दिन सुर्खेत पुर्याएर नेपालगञ्ज आउने तयारी गरिएको छ ।

छैटौं दिन धनगढी पुग्ने र सातौं दिन धनगढीबाट सागको अर्को आयोजनास्थलको रुपमा पोखरा ल्याइने छ ।

आठौं दिन पोखराबाट काठमाडौं ल्याइने छ र प्रतियोगिताको उद्घाटनका दिन मंसिर १५ गते अपरान्ह ५ बजे रंगशाला प्रवेश गराइने छ ।

ओलम्पिक टर्च र्यालीको जिम्मेवारी भने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले लिएको अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । टर्च र्यालीमा १३ जना सहभागी हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button