तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले पदभार ग्रहण गर्नुभएको छ ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्नुहुदँै नवनियुक्त मन्त्री नेम्वाङले प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने अधिकांश योजना आफ्नो मन्त्रालय अन्तर्गत रहेकाले बिगतमा थालिएका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो ।

नवनियुक्त मन्त्री नेम्वाङले साधारण नागरिकका रुपमा आफूले देखेका समस्या समाधान गर्दै जल मार्ग, रेल मार्गजस्ता महत्वकांक्षी योजना पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button