तपाईँ सुन्दै हुनुहुन्छः

तेहरानमा उच्च बायु प्रदुषण, सबै बिद्यालय बन्द

तेहरान । वायु प्रदूषणको अवस्था उच्च भएपछि इरानको राजधानी तेहरानका विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको छ ।

गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको बताए ।

उनका अनुसार राजधानी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरु पनि बन्द भएका छन् ।

“तेहरानको वायुको गुणस्तर मापन सूचकाङ्क संवेदनशील समूहका लागि खतरा अवस्थामा पुगेको पाइएको छ,” अर्का एक अधिकारीले भने ।

बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरुले सुझाव दिएका छन् ।

प्रदूषणका कारण उत्पन्न बाक्लो हुस्सुले तेहरानलाई मङ्गलबार ढाकेपछि बुधबार बिहानैदेखि निकै काम मात्र विद्यालय बस सञ्चालन भएका थिए ।

इरानमा प्रदूषणकै कारण उत्पन्न अनेक समस्या र रोग लागेर हरेक वर्ष ३० हजार इरानी नागरिकको मृत्यु हुनेगरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button