तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक गरियो एसीसी इमर्जिङ एसिया कपको ट्रफी

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । बंगलादेशमा आयोजना हुने उक्त प्रतियोगिताको ट्रफी बंगलादेशको ढाकामा मंगलबार एक कार्यक्रमको बीच सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा नेपालसहित आठ राष्ट्रका कप्तान सहभागी रहेका थिए ।

प्रतियोगिता भने बिहिबारबाट सुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम बंगलादेश पुगिसकेका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन् । पारस र सन्दीप टी–१० क्रिकेट खेल्न युएईमा रहेका छन् ।

यसका साथै टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button