आजको विनिमय दर, कुन देशको भाउ कति छ ? (सूचीसहित)
काठमाडौं । नेपाली बजारमा आज साताको दोस्रो दिन (सोमबार) यूके पाउण्डसहित केही देशको विनिमयदर ओरालो लागेको छ भने अमेरिकी डलरसहित धेरै देशको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ २९ पैसा र बिक्रिदर १४६ रुपैयाँ ६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस् –
प्रतिक्रिया राख्नुहोस्