तपाईँ सुन्दै हुनुहुन्छः

 प्रदुषणको चपेटामा भारतसँग सिमा जोडिएका तराईका मुख्य शहर

काठमाडौँ । नेपालको सीमा जोडिएका तराईका केही स्थान भारतको राजधानी दिल्लीको धुलो र धुवाँले प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

यद्यपि नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च रहेका कारण भारत सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भइरहेका बेला तराइका मुख्य शहरहरुमा भने प्रदुषण बढ्नुले चिन्तित बनाएको सरोकारवालाहरु बताउछन् ।


                                                          मौसम विश्लेषण

हाल नेपालमा पश्चिमी वायुको साथै “Maha” नामको चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसमको अवस्था )

हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पुर्वको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम र मध्य भु-भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य  बदलि   रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागका  एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि  भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पश्चिम भु-भागमा आंशिक देखि सामान्य  बदलि रही मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागमा एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि  भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पुर्वी तराइका भु-भागमा आंशिक बदलि रहने छ र बाँकि भु-भागमा सामान्यतया सफा रहने देखिन्छ। देशका पहाडि भु-भागको एक दुइ स्थानमा हल्का वर्षा र हिमालि भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

 

 

कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

राती: देशको पुर्वी र मध्य भु-भाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि एक दुइ स्थानमा हल्का बर्षा साथै उच्च पहाडी र हिमालि  भूभागमा हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।

प्रतिक्रिया राख्नुहोस्

Back to top button