तपाईँ सुन्दै हुनुहुन्छः

(एमसीसी) विरुद्ध नेपाल फिल्डिङ गर्दै

काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) विरुद्ध प्रथम श्रेणीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा बुधबार नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।एमसीसीविरुद्व नेपालको ‘फस्ट क्लास’ क्रिकेट आजबाट

कप्तान ज्ञानेन्द्र, सन्दीप लामिछाने सहित ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गर्दैछन् । ज्ञानेन्द्र मल्ल (कप्तान),राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले डेब्यू गरेका हुन् । सोमपाल कामी र शरद भेषवकर प्लेइङ ११ मा रहेका छन् ।

जितेन्द्र मुखिया,रोहित पौडेल र सुसन भारी टोली बाहिर रहेका छन् । नेपालले सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणी खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button