तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली विद्यार्थीले जिते वैज्ञानिक पुरस्कार

काठमाडौँ । रुसमा सम्पन्न आठौँ एसिया प्रशान्त युवा वैज्ञानिक सम्मलेनलमा राजधानीको साउथवेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । प्रधानले आफ्नो भौतिक विज्ञान समूहमा २३ मुलुकका करिब ५० प्रतिस्पर्धीलाई जित्दै स्वर्ण प्राप्त गर्नुभएको हो ।

सम्मेलनमा विभिन्न समूहमा रहेका करिब तीन सय प्रतिस्पर्धीमध्ये प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टिभिटी, हाइस्पिड ट्रान्समिसन एन्ड डाटा एनालाइसिस’ विषयमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

2019-11-05-3712
उहाँका यससम्बन्धी लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुँदै आएका छन् । आफू अध्ययनरत कलेजमा दिनहुँ हुने प्रस्तुतीकरण र उत्कृष्ट प्रयोगशालाका कारण सफलता प्राप्त भएको उहाँले बताउनुभयो । सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले साउथवेस्र्टन स्टेट कजेलद्वारा निरन्तर रूपमा गरिँदै आएको कलेजस्तरीय वार्षिक राष्ट्रव्यापी विज्ञान तथा व्यवस्थापन प्रदर्शनीका कारण आफ्ना विद्यार्थीले उक्त प्रतिस्पर्धा जितेको बताउनुभयो । गत वर्ष सो कलेजद्वारा आयोजित विज्ञान प्रदर्शनीमा स्वराज र उहाँको समूहले प्रथम स्थानको राष्ट्रिय पदक प्राप्त गरेको थियो ।

रुसमा अक्टोबर १४ देखि १९ सम्म भएको सम्मेलनमा कलेजका नौ जना विद्यार्थीमध्ये अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले कास्य पदक जित्न प्राप्त गर्नुभएको छ । नेपाल पोलिमर इन्स्टिच्युट काठमाडौँको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नेपाली विद्यार्थी
सहभागी थिए । गत महिना नेपाल पोलिमर इन्स्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई सम्मेलनमा सहभागी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button