तपाईँ सुन्दै हुनुहुन्छः

निवर्तमान सभामुख महराको थुनछेक बहस आजपनि हुने

काठमाडौँ – निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस आजपनि हुने भएको छ । आइतबार थुनछेक बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ आज सोमबारलाई राखिएको हो ।

आज पनि निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस काठमाडाँै जिल्ला अदालतमा हुनेछ । काठमाडौँ अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीका अनुसार निर्वमान सभामुख महराका तर्फबाट बहस गर्ने ३२ जना अधिवक्ताले नाम लेखाएका थिए ।

तीमध्ये आज वरिष्ठ अधिवक्ता लव मैनालीले बहस गरेका छन् । त्यस्तै सरकारी पक्षबाट भने चार जनाले बहस गरेका छन् । निर्वतमान सभामुख महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button