तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० विश्वकप छनोटको उपाधि नेदरल्यान्ड्सलाई

एजेन्सी । शनिबार राति दुबईमा भएको प्रतियोगितामा नेदरल्यान्ड्सले आइसिसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ ।

नेदरल्यान्ड्सले पपुवा न्युगिनी (पिएनजी) माथि ७ विकेटको जित निकाल्दै छनोटको च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन मात्र जोड्न सक्यो । पिएनजीका लागि लेगा सिएकाले सबैभन्दा बढी ३९ रन जोडे ।

बलिङमा नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले ३ विकेट तथा भान मार्वी र भान टेरले २–२ विकेट हात पारे । १२९ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा १९ ओभरमा पार गर्‍यो ।

नेदरल्यान्ड्सका लागि बेन कुपरले ४१ रन जोड्दा रायन टेन डोटेक्सले नटआउट ३४ र अरमनले नटआउट २९ रनको योगदान दिए ।

नेदरल्यान्डका ग्लोभर म्यान अफ दि म्याच र नामिबियाका जेराल्ड इरामस म्यान अफ दि सिरिज भए । यता तेस्रो स्थानका लागि भएको खेलमा आयरल्यान्डले नामिबियालाई २७ रनले हराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button