तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको छालासहित छालासहित दुईजना पक्राउ

तुलसीपुर – पश्चिम रुकुममा प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तरगंगा गाउँपालिका–४ निवासी अर्जुन बुढा भन्ने छायाँ विक र दाङको घोराही उपमहानगरपालिका–१२ निवासी गणेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले पुथा नगरपालिका–७ दैरीदहबाट छालासहित दुई जनालाई पक्राउ गरेको हो । संरक्षित वन्यजन्तुको तीन वटा छालासहित यसअघि पनि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button