तपाईँ सुन्दै हुनुहुन्छः

एउटा मित्रराष्ट्रसँगको सम्बन्धले अर्को मित्रराष्ट्रसँगको सम्बन्धलाई असर गर्दैन  : मन्त्री बाँस्कोटा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको कुनै एक छिमेकीसँगको सम्बन्धले अर्को छिमेकी वा मित्र राष्ट्रसँगको सम्बन्धलाई असर नगर्ने स्पष्ट पार्नुभएको छ ।

यही कार्तिक ५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नको जवाफमा मन्त्री बाँकोटाले बाँस्कोटाले राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण लगायत छिमेकी राष्ट्र चीन संगको सम्वन्धमा देखिएका पछिल्ला घटनाक्रमले अर्को छिमेकी राष्ट्र भारत तथा अमेरिका लगायतका मित्रराष्ट्रहरू संगको सम्वन्धमा कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री बाँस्कोटाले नेपालको विकास र समृद्धिको क्षेत्रमा छिमेकी तथां मित्रराष्ट्रहरू बाट पर्ने सकारत्मक प्रभाव र सहयोगको नेपाल सरकारले सधैं स्वागत गर्ने बताउनुभयो ।

मन्त्री बाँकोटाले पत्रकारको अर्को प्रश्नको जवाफमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपालको संविधान स्वीकार गरी हित्सात्मक गतिविधि छोडेमा सरकार वार्ताको लागि तयार रहेको बताउनुभयो । हिंसात्मक क्रियाकलाप नछोड्दा सम्म चन्द समूहले वार्ताका लागि राखेका पक्राउ परेका नेता कार्यकर्ताहरू रिहाई र प्रतिवन्धको फुकुवा लगायतका सर्तहरू सरकारले स्वीकार गर्न नसक्ने मन्त्री बाँकोटाले स्पष्ट पार्नुभयो ।

पत्रकारकै अर्को जिज्ञसामा मन्त्री बाँस्कोटाले सुशासन र कानुनीराज स्थापनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै विभिन्न फौजदारी अभियोगमा पक्राउ परेका उच्च पदस्थ व्यक्तिहरू कसैले पनि कानुनी उन्मुत्ती नपाउने समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button