तपाईँ सुन्दै हुनुहुन्छः

बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका गौतम पक्राउ

Image result for नेपाल प्रहरी

काठमाडाैं । बलात्कारपछि हत्या गरी अमेरिका फरार भएका एक नेपालीलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।

झापा चन्द्रगढी ३ घर भइ अमेरिकामा लुकेर बस्दै आएका लिलाराज गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो ।

गौतम बुधबार बिहान टर्किस एयरलाइन्सबाट काठमाडौं ल्याइएको थियो । गौतम २०१८ फेब्रुअरी ३ मा अमेरिकामा पक्राउ परेका थिए ।

उनलाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीले उनलाई पक्रन इन्टरपोल वासिङटनसँग आग्रह गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button