तपाईँ सुन्दै हुनुहुन्छः

सिंहदरबार प्रबलीकरण सुरु, दुई वर्षमा सक्ने योजना

Image result for सिंहदरबार प्रबलीकरण सुरु

काठमाडौँ । भूकम्पमा क्षति पुगेको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण सुरु भएको छ ।निर्माण कम्पनीलाई १५ दिनभित्र काम सुरु गर्न दिएको कार्यादेश बमोजिम अहिले प्रारम्भिक काम धमाधम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिनुभयो ।Image result for सिंहदरबार प्रबलीकरण सुरु

अहिले फुटेको, चर्केको भित्ताका प्लास्टर उप्काउने र जस्ता राखेर बारगेट (सुरक्षा घेरा) बनाउने काम सुरु भएको निर्देशक प्याकुरेलले बताउनुभयो ।

निर्माण कम्पनी शर्मा, गौरी पार्वती र न्यु टेक्निकल जेभी तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाईबीच गएको असोज २७ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपियाँमा ठेक्का पाएको हो । पश्चिम मोहडाको प्रबलीकरण दुई वर्षमा सक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।Related image

‘‘प्रबलीकरण सकिएपछि सिंहदरबार पहिलेकै स्वरूपमा, पहिलेको भन्दा अझ मजबुत हुनेछ । पहिलेजस्तै कार्यालयका रूपमा प्रयोगमा ल्याउन सकिनेछ ।’’
सिंहदरबारको पूर्वी मोहडाको पनि प्रबलीकरण भइरहेको छ । पूर्वी मोहडाको ७० प्रतिशत प्रबलीकरणको काम सकिएको प्राधिकरणले जनाएको छ ।

 

सिंहदरबारको प्रबलीकरणको आयोजनाको समन्वय गर्न प्राधिकरणका सदस्य चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा एक समन्वय समिति समेत गठन गरिएको छ ।  Image result for सिंहदरबार प्रबलीकरण सुरु

प्रतिक्रिया राख्नुहोस्

Back to top button