तपाईँ सुन्दै हुनुहुन्छः

२८ किलो अवैध चाँदीसहित दुईजना पक्राउ

बीरगंज – बीरगंजको रजतजयन्ती चोक तथा बाराको सिम्रौनगढ नाकाबाट सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छलि भित्र्याईएको झण्डै २८ किलो ग्राम चाँदी बरामद गरेको छ ।

सशस्त्र प्रहरीले आज बिहान भारतको रक्सौल हँुदै वीरगंजको रजतजयन्ती चौकबाट आलुको बोराभित्र लुकाएर चाँदी ल्याईरहेको अवस्थामा चितवन खैरवनी नगरपालिका ८ बस्ने ४५ बर्षिय अंगत साहलाई पक्राउ गरेको सशस्त्र प्रहरी भन्सार गस्ती टोलीका प्रमुख अमर खत्रीले बताउनुभयो । बरामद गरिएको चाँदी आजै भन्सार दाखिला गरिएको छ ।

त्यसैगरी बाराको सिम्रौनगढ नाकाबाट आज बिहान अवैध रुपमा भित्र्याईएको १९ किलो १ सय ग्राम चाँंदीसहित चाँदीसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदी भित्रिरहेको अवस्थामा बारागढी गाउँपालिका वडा नम्बर ६ निवासी ३२ वर्षीय मुक्ती साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा भारतसँग सीमाना जोडिएको बाराको सतुवाही नाकाबाट सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गोलागन्जबाट खटिएको गस्ती टोलीले चाँदी सहित साहलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

भारतबाट बीआर ०६ एम १०६० नम्बरको भारतीय मोटरसाइकलमा चाँदी सहित नेपाल तर्फ आंउदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको थापाले बताउनुभयो ।

बरामद गरिएको चाँदीको बजार मुल्य १४ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेको चाँदी र मोटरसाइकलसहित साहलाई थप अनुसन्धान तथा कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको बाराका सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button