तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक सामुदायिक स्वास्थ्य केन्द्रको अनुगमन


कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिकामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रको पहिलो पटक काठमाडौँका विशेषज्ञ डाक्टर अनिल श्रेष्ठ, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, महाकाली नगरपालिकाका नगर प्रमुख प्रमुख बीर बहादुर सुनार र नगर प्रवक्ता दिल बहादुर सिंजाली सहितको एक टोलीले अनुगमन गरेको छ ।

सामुदायिक स्वास्थ्य केन्द्रको पछिल्लो अवस्था बारे जानकारी लिन गरिएको अनुगमन पछि संक्षिप्त प्रतिक्रिया दिँदै डाक्टर अनिल श्रेष्ठले स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै, माहाकाली नगरपालिकाका नगर प्रमुख बीर बहादुर सुनारले पनि स्वास्थ्य केन्द्रको स्तरोन्नतीका लागि नगरपालिकाबाट हुनेसम्ने सहयोग गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button