तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं । विगत दुई दिनदेखि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । तीन दिनअगाडि सात सयले बढेको  सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार स्थिर छ । चाँदीको मूल्य भने बढेको छ ।

बिहीबारको तुलनामा शुक्रबार बजारमा चाँदी ५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी भने पाँच रुपैयाँले बढेर प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button