तपाईँ सुन्दै हुनुहुन्छः

एनआरएनए को अध्यक्ष पदमा नेकपा निकटका कुमार पन्त विजयी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्ष पदमा कुमार पन्तले जित हासिल गरेका छन् । पन्त सन् सन् १९९९ देखि जर्मनीमा व्यवसायरत छन् । त्यसै गरि कोषाध्यक्षमा कुमार पन्त समूह कै महेशकुमार श्रेष्ठले जित हासिल गरेका छन ।

२ हजार ५७० मतदाता मध्य २ हजार ३४४ जनाले मात्र मतदान गरेका थिए । अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै कुमार पन्त एनआरएनएको अध्यक्ष पदमा विजयी भएका हुन् । कुमार पन्त नेकपा निकट हुन् भने कुल आचार्य कांग्रेस निकटका व्यक्ति हुन् ।

अन्य पदको मत तगणना जारी

अध्यक्ष पदको विजयी घोषणा भएपनि अन्य पदका लागि मतगणना जारी रहेको छ ।

सङ्घका महासचिव बद्री केसीका अनुसार बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो । राति अबेरदेखि मात्रै मतगणना शुरु भएको हो । निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ प्रतिस्पर्धी रहनुभएको छ । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button