तपाईँ सुन्दै हुनुहुन्छः

विश्व भोकमरी सूचकांक : नेपालको अवस्था भारतको भन्दा राम्रो


एजेन्सी । यस वर्षको ‘ग्लोबल हंगर इन्डेक्स’ अनुसार नेपाल ७३ औं स्थानमा सफल भएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्थुन्गरहिल्फले संयुक्त रुपमा तयार पारिएको एक प्रतिवेदनमा ११७ मुलुक समावेश गरिएका छन् ।

गत मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनमा ४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको जनाइएको छ । चाड, मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा अर्थात् ‘अलार्मिङ ’अवस्थामा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिक९५३।६०को अवस्था त्यो भन्दा नराम्रो भएको पाइएको छ ।

जलवायु परिवर्तनका कारण भोकमरीको अवस्था बढेको प्रतिवेदनमा उल्लेख छ । सो सूचीमा भारत १०२ नम्बरमा, पाकिस्तान ९४ मा, बंगलादेश ८८ र श्रीलंका ६६ औं स्थानमा पाइएका छन् । सो सूचीमा बेलारुस९५०, बोस्निया हर्जगोभिना९५०, बुल्गेरिया९५०, चीली९५०, कोस्टारिका९५०, क्रोसिया९५०, युक्रेन९५०, टर्की९५०, ब्राजिल९५.।३० जस्ता मुलुक माथिल्लो श्रेणीमा रहेका छन् । यो प्रतिवेदनलाई विभिन्न महत्वपूर्ण निकायले मान्यता दिँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button