तपाईँ सुन्दै हुनुहुन्छः

दुई दशकदेखि थुनिएरै कोठामा

लमजुङ-यहाँस्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि दुई दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् । उहाँको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने भएकाले परिवारले घर नजिकै छुट्टै कोठा बनाएर राख्दै आएको छ । राजुलाई झण्डै १४ वर्षको उमेरबाट कोठामा राख्दै आएको परिवारले जनाएको छ ।

उहाँको स्वभाव निकै आक्रमक भएकाले बाहिर छाडेपछि जो कसैलाई आक्रमण गरिहाल्ने समस्याले परिवारजन थप मर्कामा परेका छन् ।  राजुले चिर्पटले हानेर घाउ लागेपछि टाउकोमा १० ओटा टाँका लगाउनु परेकोसमेत लुरीमायाले बताउनुभयो ।

बुबा पूर्णबहादुर विक (कामी)ले भन्नुभयो । यति मात्रै होइन कोठाबाट भागेर छोराले छिमेकीलाई समेत कुट्ने गरेको बताउँदै कति चोटि गाउँलेलाई जरिवानासमेत तिर्दैै आएको उहाँको भनाइ छ । छोरालाई कोठाबाट बाहिर निस्किन नदे भन्दै स्थानीयले भन्ने गरेको र छोराले विध्वंश पार्ने डरले कोठामै राख्नुपरेको आमा लुरीमायाले बताउनुभयो ।

राजुको मानसिक सन्तुलन मात्रै गुमेको छैन, छारे रोगसमेत रहेको परिवारले जनाएको छ । छोराको उपचारका लागि वडा कार्यालयदेखि जिल्ला समन्वय समिति लगायतमा कुरा राखे पनि समस्याको समाधन केही हुन नसकेको बुबा विकको भनाइ छ । गाउँकै महेन्द्र मन्दिर माविमा ४ कक्षामा पढ्दै गर्दादेखि उसको मानसिक सन्तुलन बिग्रँदै गएको आमाको भनाइ छ । स्कुलमा साथीहरुलाई कुट्ने, पिट्ने र जथाभावी गर्ने जस्ता गतिविधि गर्न थालेपछि विद्यालय छुटाएर घरमै कोठामा राख्ने गरिएको आमाले बताउनुभयो ।

उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खाना लाउनै धौधौ छ । राजुको उपचारका लागि परिवारले पर्याप्त खर्च गर्न नसक्दा उहाँ लामो समयदेखि कष्टकर जीवन विताउन बाध्य हुनुहुन्छ ।

लुरीमायाको चार छोरा र दुई छोरी छन् । मानसिक सन्तुलन ठिक नभएको राजु माइलो छोरो हुन् । राजु बाहेक सबैजनाले विवाह गरेर कोही कतै कोही कतै पुगेका छन् । घरमा आमा लुरीमाया, बाबा पूर्णबहादुर र राजु मात्रै छन् । बुढाबुढीले कामकाज गर्दै परिवार चलाउँदै आएको बुबा पूर्णबहादुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button